सवारी दुर्घटनापछि फरार चालक पक्राउ « Khabarhub

सवारी दुर्घटनापछि फरार चालक पक्राउ


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको शंखरापुरमा सवारी दुर्घटना गराएर फरार भएका चालक सवारी साधन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखरापुरका ४५ वर्षीय जयनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बुधबार चाबहिलबाट पक्राउ गरेको हो । गत सोमबार उनले चलाएको अल्फाबेट नम्बर नखुलेको सेतो रंगको कारले ओखलढुङ्गा चम्पादेवी घर भइ हाल शंखरापुर बस्ने पैदलयात्री रेतबहादुर तामाङलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट तामाङ घाइते भएकोमा उपचारका क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको थियो । पक्राउ परेका श्रेष्ठविरुद्ध सवारी ज्यान अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ३२ बजे

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा