एनसेल प्रकरणमा कडा कारवाही गर्न गठबन्धन एकमत : प्रवक्ता सापकोटा « Khabarhub

एनसेल प्रकरणमा कडा कारवाही गर्न गठबन्धन एकमत : प्रवक्ता सापकोटा


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजीपूर्ण, र रहस्यमय भएको बताएका छन् । उनले सत्ता गठबन्धन दल र सरकारले यसबारे अध्ययन र छानबिन गरेर निस्केको निष्कर्षअनुसार कारवाही गर्ने पनि बताए ।

रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा प्रवक्ता सापकोटाले सत्तारुढ दलहरूले एनसेल प्रकरणलाई अस्वाभाविक मानेर शक्तिशाली छानबिन समिति गठन गर्ने निर्णय गरेको स्पष्ट पारे । उनले भने, “एनसेलको शेयर खरिदबिक्री नै शंकास्पद, रहस्यमय र मुलुकलाई घाटा पार्ने खालको भएकाले यसलाई छानबिन गरेर कडाइकासाथ कारवाही गर्नुपर्दछ, सरकार यस विषयमा कुनै द्विविधामा छैन ।”

उनले नामै नलिइकन दुर्गा प्रसाईंको आन्दोलनलाई लक्षित गर्दै भने, “हाल सडकमा देखिएको गतिविधि अराजक हो । यसलाई नियन्त्रण गर्न राजनीतिक दलहरू सचेत रहनु पर्दछ ।” प्रवक्ता सापकोटाले नेपाली जनताको ठूलो त्याग र तपस्याबाट स्थापित गणतन्त्र, धर्मनिरपेक्ष, संघीयता र समानुपातिक पद्धति लोकतन्त्रको चार स्तम्भ भएकाले यसलाई कसैले हल्लाउँदैमा नहल्ने बताए । उनले थपे, “लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हो, अरू कुनै तन्त्र होइन ।”

उनले भने, “इतिहासको चक्का किमार्थ पछाडि फर्किंदैन्, फर्केको हेर्न पनि चाहन्न, लोकतन्त्रलाई विस्थापित गर्छु भनेर लाग्नु मृगतृष्णा हो ।” उनले एक प्रसंगमा भने, “हिदुत्वको नाममा वाह्य र आन्तरिक शक्तिले जनतालाई सुनियोजित ढंगले अल्मलाउने खोजेको छ, यसबाट सबै चनाखो रहनुपर्छ ।’’

पूर्वसभामुख सापकोटाले नेपाली जनताले वर्तमान गणतान्त्रिक व्यवस्थामाथि कुनै सवाल उठाएको नभई सेवा र आर्थिक विकासको विकासमा असन्तुष्टि पोखेको र ती असन्तुष्टिलाई सम्बोधन गर्न सरकार राजनीतिक दलहरू कृतसंकल्पित रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ५४ बजे

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं– यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ