सशस्त्रको स्पेसल टास्क फोर्स तालिम सम्पन्न « Khabarhub

सशस्त्रको स्पेसल टास्क फोर्स तालिम सम्पन्न


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको आयोजनामा हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा स्पेसल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न भएको छ ।

उक्त तालिममा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक विजय कुँवर प्रथम भएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तालिमका दृष्टिले लामो तथा अत्यन्तै कठिन मानिने एसटिएफ तालिम सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गरेका प्रशिक्षकहरूलाई धन्यवाद दिँदै तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरूलाई बधाई दिए ।

उनले फौजलाई गतिशील र लगनशील बनाउन तालिम अपरिहार्य रहेको चर्चा गर्दै तालिमको दौरानमा सिकेका ज्ञान र बगाएको पसिनाले कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै सुरक्षा चुनौतीहरुको सामना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई एसटिएफको ट्याक समेत प्रदान गरे ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले तालिममा प्राप्त स्रोतसाधनको अधिकतम प्रयोग गरी दक्ष जनशक्ति उत्पादन गर्नुका साथै भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूको सामना गर्न समयसापेक्ष यस्ता तालिम आवश्यक रहेको बताए ।

सो अवसरमा तालिमको दौरानमा प्रशिक्षार्थीहरुले हासिल गरेका तालिम सम्बन्धी विभिन्न गतिविधिहरूको डेमोस्ट्रेशन गरेका थिए ।

करिब १६ हप्ता अवधिको सो तालिममा तीन जना सशस्त्र प्रहरी निरीक्षकसहित कुल ८६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ५९ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद