४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरु | Khabarhub Khabarhub

४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरु


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरवासीले ४४ लाख चन्दा रकम सहयोग संकलन गरी मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ एउटा मन्दिरको पुननिर्माण थालेका छन् । विशेष गरेर भक्तपुर नगरवासीले भक्तपुर नगरपालिका वडा नं ५ भीमसेनस्थानमा रहेको कुथु सुव्या दुगुद्य (मन्दिर) पुननिर्माण लागि इष्टमेट भएको ४४ लाख रकम सहयोग चन्दा संकलन गरी मन्दिर पुननिर्माण सकाउने योजनाका साथ काम थालिएको हो । 

पहिलो चरणमा जीर्ण मन्दिरको छानामा रहेको पोल अपा (झिंगटी इटा) झिकेर मन्दिर भत्काउन सुरु भएको हो । साइट देखाएर सोअनुसार मन्दिर भत्काउने कामको औपचारिक सुरुवात गर्न भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी मन्दिरस्थल पुगेकी थिइन् । उपमेयरको उपस्थितिमा स्थानीयवासीहरू सहभागी भएर यहाँ मन्दिर भत्काउने काम सुरु भएको छ । 

मदिर एकतल्ले मात्रै छ । मन्दिर २०७२ सालको महाभूकम्पले जीर्ण बनेको थियो । मन्दिरको उतरक्षेत्रमा जग भासिन गई अहिले मन्दिर असन्तुलनमा छ । साथै माथि छानामा पनि सबै झिंगतीहरु झरेर बिग्रिसकेको छ । साथसाथै पुरानो मन्दिर सबैतिर जीर्ण जस्तै भइसकेको छ । मन्दिर पूर्ण रुपमा ध्वस्त भने भएको छैन । 

मन्दिर पुनर्निर्माणका लागि भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका विष्णु मारिखूको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवांका अनुसार मन्दिर पुनर्निर्माणको लागि करिब ४४ लाखको लागत इष्टमेट भएको छ । यो सबै रकम सहयोग जुटाई मन्दिर पुननिर्माण गर्ने योजना अनुसार काम अगाडि बढाइएको उनले बताए ।

 यसकारण मन्दिर पुनर्निर्माणमा सक्नेहरूले सकेको आर्थिक, भौतिक, नैतिक सहयोग गर्न उनले सबैसँग अनुरोध गरे । यसका लागि नगद तथा जिन्सी सहयोग गर्न सकिने उनले बताए । 

पहिलो चरणमा मन्दिर भत्काउने काम सुरु भएको उनले जनाए । त्यसपछि अपौचारिक रुपमा जग हालेर काम सुरु गर्ने योजना रहेको उनले जनाए । मन्दिरको पुननिर्माण कार्य चैतभित्र सकाउने योजना राखिएको छ । यो मन्दिर भक्तपुरको विस्का जात्रामा लिंगो उठाउने भेलुखेल नजिकै छ । भक्तपुरको चुपिंघाटको पश्चिम क्षेत्रमा पर्ने यो मन्दिर झण्डै १०-१५ रोपनीको सार्वजनिक जग्गाकोबीचमा रहेको छ । 

मन्दिरको वरिपरि भीमसेन देवता, ती मन्दिरहरुभित्र पस्ने आकर्षक दुईवटा कलात्मक शैलिका प्रवेशद्वार, सार्वजनिक पाटी, सामूहिक भवन, भोज खुवाउनका लागि बनाइएको वन्दोवस्तसहितको भवनलगायतमा छन् । यो सार्वजनिक क्षेत्रमा भएका झण्डै एक दर्जन भौतिक संरचनाहरू पनि यसरी नै करोडौँको आर्थिक सहयोग चन्दा संकलन गरी यसअघि नै बनेका थिए । 

युवा इतिहासविद् ओम धौभडेलका अनुसार भक्तपुरको यो मन्दिर प्रख्यात भएर पनि चर्चामा नआएको मन्दिर हो । यो मन्दिरमा पूजा गर्न देश विदेशका मानिसहरू आउने उनले सुनाए । 

मन्दिरमा विशेष गरेर नेवार समुदायको देवाली पूजाका महिनाहरूमा विशेष पूजा गर्न आउनेहरू हुन्छन् । यो भनेको प्रत्येक वर्ष चैतदेखि सिथिनखा पर्वसम्मको केही महिना हो । यी महिनाहरूको प्रत्येक आइतबार र विहीबार गरी हप्तामा दुईदिने यो मन्दिरमा आइ देवाली पूजा गर्न आउनेहरुको भीड लाग्ने गर्दछ ।  

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  १ : ५८ बजे

देशभरका ७५३ स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

काठमाडौं– सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास

क्लब विश्वकप : विपक्षीको पोस्टमा ६ गोल गर्दै सिटी दोस्रो चरणमा

काठमाडौं – अल एयनलाई ६-० ले हराउँदै म्यानचेस्टर सिटी फिफा

एसीसी यु–१६ इस्ट जोन क्रिकेट : जापानले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा