जसपासम्बद्ध नेपाली समाज अमेरिकाको महाधिवेशन सम्पन्न | Khabarhub Khabarhub

जसपासम्बद्ध नेपाली समाज अमेरिकाको महाधिवेशन सम्पन्न


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास संगठन नेपाली समाज अमेरिकाको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न उक्त महाधिवेशनबाट लोक चेम्जोङको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित भएको छ ।

महाधिवेशनबाट सो समितिको वरिष्ठ उपाध्यक्षमा ओमराज सम्बाहाङ्फे, उपाध्यक्ष चिना योन्जन, सुमन बुढामगर, महासचिव शेखर राई, सचिव टंक सेलिङ र  कोषाध्यक्ष सुवर्ण शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रत्यक्ष र भर्चुअल दुबैरुपमा आयोजना गरिएको उक्त महाधिवेशनलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ, पार्टीका प्रवास समिति इन्चार्ज आङ्काजी शेर्पालगायतले भर्चुअल एप जुममार्फत सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ७ : १७ बजे

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

काठमाडौं – कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

काठमाडौं – नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा

एन्फा प्रेसिडेन्ट लिग : चित्लाङको विजयी सुरुवात

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, बाँकी सदस्यले धारणा राख्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

म्याग्दीको धार्मिक पर्यटकीयस्थल तीनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा