मुख्यमन्त्री कार्कीद्वारा हात्तीको बथानले क्षति पुर्‍याएका घरको निरीक्षण | Khabarhub Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा हात्तीको बथानले क्षति पुर्‍याएका घरको निरीक्षण


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका १० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट क्षति भएका घर र बालीको आज निरीक्षण गरेका छन् ।

गएराति स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्‍याएको थियो । पछिल्लो समय झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक÷एक जना गरी चार जनाको मृत्यु भइसकेको छ ।

बेलबारी १० भाउन्नेस्थित १० बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको मकै, केरालगायत बालीलाई हात्तीले क्षति पुर्‍याएपछि मुख्यमन्त्री कार्कीले सो क्षेत्रको निरीक्षण एवं अनुगमन गरेका हुन् । हात्तीको आक्रमणबाट किसानलाई ठूलो क्षति भएको बेलबारी–१० का वडाअध्यक्ष गङ्गाबहादुर याखाले बताए ।

निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले हात्तीलाई दिउँसोभन्दा रातको समयमा मानव बस्ती पस्न नदिन र नियन्त्रणमा राख्न सम्बन्धित निकायलाई निर्देशन दिए । कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले २७ वटा हात्तीको बथानले मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्‍याएको बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  २ : १६ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार