सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ भिड्ने « Khabarhub

सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ भिड्ने


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । 

आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

जारी लिगमा तीन खेलबाट दुईमा जित र एकमा हारसहितअंक जोडेको धनगढी तालिकाको दोस्रो स्थानमा छ ।  ४ खेल खेलेको इलाम एकमा जित र तीनमा हार बेहोर्दै तालिकाको सातौँ स्थानमा छ ।

आजको खेलमा धनगढी जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लने प्रयासमा हुँदा इलाम पनि जितका साथ तालिकाको चौथो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ ।

यस्तै दोस्रो खेल बुटवल लुम्बिनी र काठमाडौँ रेजर्सबीच हुनेछ । यो खेल साँझ ५ बजे दशरथ रङ्गशालामा हुनेछ । लिगमा लुम्बिनी ४ खेलबाट छैटौँ र ५ अङ्क भएको काठमाडौँ चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ३१ बजे

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगेदाउ-२, कार्की साइँला र माया बस्छ कि के हो !

काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।  ज्ञानेन्द्र