सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ भिड्ने « Khabarhub

सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ भिड्ने


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । 

आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

जारी लिगमा तीन खेलबाट दुईमा जित र एकमा हारसहितअंक जोडेको धनगढी तालिकाको दोस्रो स्थानमा छ ।  ४ खेल खेलेको इलाम एकमा जित र तीनमा हार बेहोर्दै तालिकाको सातौँ स्थानमा छ ।

आजको खेलमा धनगढी जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लने प्रयासमा हुँदा इलाम पनि जितका साथ तालिकाको चौथो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ ।

यस्तै दोस्रो खेल बुटवल लुम्बिनी र काठमाडौँ रेजर्सबीच हुनेछ । यो खेल साँझ ५ बजे दशरथ रङ्गशालामा हुनेछ । लिगमा लुम्बिनी ४ खेलबाट छैटौँ र ५ अङ्क भएको काठमाडौँ चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ३१ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज

भिजिट भिसा प्रकरण: तीर्थराज भट्टराईलाई २५ लाख धरौटी माग्ने आदेश

काठमाडौं- भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा