उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै « Khabarhub

उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको कटारी  नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ । राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको हो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित ढङ्गले बसोबास गरेकाहरूलाई  नापजाँच गरेर जग्गाधनी प्रमाणपत्र प्रदान हुने अध्यक्ष तामाङले जानकारी दिए ।

यसपटक कटारी नगरभित्रका सबै वडाको जग्गा नापी गरिने नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । नापी सुरु भएपछि भूमिहीनहरूमा पुनः उत्साह थपिएको छ ।

‘नापीको काम सुरु भएको छ यसपटक समस्या समाधान हुने आशामा छौँ,’ भूमि अधिकारमञ्च कटारीका अध्यक्ष बालकृष्ण थापाले भने ।

कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले नगरभित्र जग्गा नापीको काम सुरु भएकाले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थितले लालपुर्जा पाउने गरी काम अघि बढेको बताए ।

उदयपुरमा कटारीबाहेक बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिकामा जग्गा नापजाँच भइरहेको आयोगको उदयपुर कार्यालयले जनाएको छ ।

रौतामाई गाउँपालिकामा पनि जग्गा नापी सुरु भएको आयोगका अध्यक्ष तामाङले बताए । जिल्लामा जग्गा नापीको कामलाई तीव्रता दिएको बताउँदै उनले सबै स्थानीय सरकारसँगको सहकार्यमा नापीको काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : ११ बजे

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध