एसीसी यु–१९ एसिया क्रिकेट : आज दुई खेल हुँदै « Khabarhub

एसीसी यु–१९ एसिया क्रिकेट : आज दुई खेल हुँदै


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी खेलमा आज समूह ‘बी’ अन्तर्गत यूएई र बंगलादेश तथा श्रीलंका र जापानबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे यूएईको दुबईमा सुरु हुनेछन् ।

८ देश सहभागि प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान छन् । समूह  ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन्।

समूह ‘ए’ मा रहेका टोलीले एक – खेल खेलिसकेका छन् । हिजो भएको खेलमा खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए ।

नेपालले भोलि अफगानिस्तानसँग र मंगलबार भारतसँग खेल्नेछ । प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ५२ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका