ब्रह्मास्त्र-२ मा जोडिए रणवीर सिंह « Khabarhub

ब्रह्मास्त्र-२ मा जोडिए रणवीर सिंह


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

मुम्बइ रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म  ‘ब्रह्मास्त्रः पार्ट वन-शिवा’ सन् २०२२ मा रिलिज भएको थियो। यो फिल्म बक्स अफिसमा ब्लकबस्टर भयो । जसका कारण यो फिल्म रिलिज भए देखि नै फ्यानहरु यसको सिक्वेलको प्रतीक्षामा छन् । 

यसैबीच धेरै पटक यस्तो हल्ला फैलिएको छ कि रणवीर सिंह अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रको भाग–२ मा देवको भूमिकामा देखिनेछन्। केही मिडिया रिपोर्टहरूमा ऋतिक रोशन वा कन्नड अभिनेता यशले यो भूमिका खेल्न सक्ने अनुमान गरिएको थियो। यद्यपि आधिकारिक रूपमा कसैको नाम पुष्टि भएको छैन। तर अब एक रिपोर्ट अनुसार रणवीर सिंहले ब्रह्मास्त्र पार्ट २ मा देवको भूमिका निभाउने भएका छन् ।

न्यूज १८ को रिपोर्ट अनुसार एक स्रोतबाट जानकारी प्राप्त भएको छ कि ‘ब्रह्मास्त्र– २’ मा महत्त्वपूर्ण भूमिका खेल्न रणवीर सिंहलाई छनोट गरिएको छ र त्यो भूमिका रणवीर कपुरका पिता देवको हो। भूमिकाका लागि फाइनल मात्र नभएर उनले साइन पनि गरिसकेको जनाइएको छ ।

दोस्रो भागको स्क्रिप्टिङको काम अझै जारी छ र फिल्म २०२५ मा रिलिज हुने अपेक्षा गरिएको छ । अहिले अयान मुखर्जी  ‘वार २’ मा व्यस्त छन् भने रणवीरले पनि यसै वर्ष  ‘बैजु बावरा’ को सुटिङ सुरु गर्नेछन् । तसर्थ, ब्रह्मास्त्र २ कहिले आउने हो भन्ने अझै स्पष्ट छैन ।

स्रोतका अनुसार यदि सबै ठीक भयो भने रणवीरले सन् २०२४ को मध्यमा सञ्जय लीला भन्सालीको ‘बैजु बावरा’ सुरु गर्नेछन्। यसअघि ‘ब्रह्मास्त्र २’ को छायांकन २०२५ को सुरुमा सुरु हुने भनिए पनि अब ‘डन–३’ सोही समयमा फ्लोरमा जाने बताइएको छ । यस्तो अवस्थामा रणवीरले पहिले ‘डन ३’ र त्यसपछि ‘ब्रह्मास्त्र २’ को सुटिङ गर्नेछन्।

‘ब्रह्मास्त्र’ को कुरा गर्दा यो फिल्म बक्स अफिसमा सुपर डुपर हिट भयो । फिल्मको भिएफएक्स र फोटोग्राफीको निकै प्रशंसा भएको थियो । फिल्ममा रणवीर कपुर र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए भने शाहरुख खानले फिल्ममा केमियो गरेका थिए । ब्रह्मास्त्र २०२२ को ब्लकबस्टर फिल्महरू मध्ये एक थियो जसले विश्वव्यापी रूपमा ४३१ करोड कमाएको थियो। ब्रह्मास्त्रले भारतमा २६९.४ करोडको व्यापार गरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १ : ४५ बजे

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले