हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित तीन जना पक्राउ « Khabarhub

हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित तीन जना पक्राउ


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ। शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक  पेस्तोल एक थान र गोली १९ राउन्डसहित तीन जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिक ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

यही मंसिर १८ गते हेटौंडा–९ धर्मपथस्थित सूर्यप्रसाद पौडेलको घरमा पटका पड्केको जस्तो आवाज आएपछि १९ गते बिहान उनको घरको वरिपरि गोलीको खोका जस्तो बस्तु फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

शुक्रबार पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा प्रहरीले उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लागेको जस्तो दाग फेला पारेको छ।

प्रहरीले नजिकै रहेको प्रगति स्कुल अगाडिको सडकमा १ राउन्ड गोलीसमेत फेला पारेको थियो। पक्राउ परेकाहरूबाट एक थान सेमि अटोमेटिक पेस्तोल, १९ राउन्ड गोली, एक ग्राम चार सय मिलिग्राम लागूऔषध तथा अन्य सामग्रीसहित बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ५ : २४ बजे

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई