विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आज मंसिर २३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

लेबनान–इजरायल सीमामा भिडन्त हुँदा ६ जनाको मृत्यु
लेबनान–इजरायल सीमामा भएको भिडन्तमा परी ६ जनाको मृत्यु भएको छ । मारिनेमा चार जना हेज्बोल्लाहका लडाकु र दुई जना प्यालेस्टाइनी इस्लामिक जिहाद (पीआइजे) अभियानका सदस्य रहेको लेबनानी सैन्य स्रोतले जनाएको छ ।

दक्षिणी लेबनानमा सीमावर्ती इलाकालाई निशाना बनाएर गरिएको इजरायली बमबारीमा चार लेबनानी नागरिक र दुई लेबनानी सैनिक घाइते भएको नाम उल्लेख नगर्ने सर्तमा उक्त स्रोतले जनाएको छ ।

दुई अलगअलग इजरायली आक्रमणमा चार हेज्बोल्लाह लडाकु मारिएका हुन् । दक्षिण पश्चिम लेबनानको जङ्गली क्षेत्रलाई निशाना बनाएर गरिएको इजरायली आक्रमणमा पीआइजेका दुई सदस्यको मृत्यु भएको थियो ।

सैन्य स्रोतका अनुसार लेबनानको दक्षिणपश्चिममा २६ र दक्षिणपूर्वका १५ सहर र गाउँमा इजरायलले बमबारी गरेको छ । यसैबीच, आफ्ना लडाकुले इजरायलका सात स्थानमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको र अन्य एक घाइते भएको हेज्बोल्लाहले बताएको छ ।

एडीबीले बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने
एसियाली विकास बैंक ९एडीबी० ले बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । राष्ट्रिय अनुकूल योजना ९२०२३–२०५०० तथा पेरिस सम्झौतामा राष्ट्रिय रूपमा निर्धारित योगदानको २०२१ अद्यावधिकलाई लागू गर्न एडीबीले बङ्गलादेशलाई ऋण सहयोग गर्ने भएको हो ।

शुक्रबार स्वीकृत गरिएको नीतिमा आधारित उक्त ऋण सहयोग जलवायु केन्द्रित समावेशी विकास हासिल गर्न पेरिस सम्झौतामा राष्ट्रिय रूपमा निर्धारित योगदान हो ।

उक्त ऋण साङ्केतिक ७० करोड अमेरिकी डलरको जलवायु उत्थान तथा समावेशी विकास कार्यक्रमको पहिलो हिस्सा हो । यसले बङ्गलादेशलाई उसको जलवायु क्षेत्रलाई संरक्षण गरी कार्बन तथा हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याई मूलधारको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा मद्दत गर्ने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“जलवायुको झट्काले बङ्गलादेशको विकास र गरिबी उन्मूलनलाई गम्भीर रूपमा अवरोध पुर्‍याइरहेको छ, जलवायु कार्यका लागि वित्तीय व्यवस्थाको धेरै आवश्यकता छ, बङ्गलादेश यो चुनौतीको सामना गर्नका लागि दृढ प्रतिबद्ध छ र एडीबी यो क्षेत्रको जलवायु बैंकका रूपमा बङ्गलादेशलाई उसको प्रयासहरूमा सहयोग गर्न तयार छ”, एडीबीको सार्वजनिक व्यवस्थापनका प्रमुख अर्थशास्त्री अमिनुर रहमानले भने ।

एडीबीले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट बङ्गलादेश विश्वको सबैभन्दा जोखिममा परेको मुलुक भएको र वार्षिक औसतमा तीन अर्ब डलरको नोक्सानी हुने गरेको बताएको छ ।

अमेरिकी भिटोपछि इरानले दियो ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ को चेतावनी
अमेरिकाले गाजामा जारी युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि विशेषाधिकार ९भिटो० लगाएपछि इरानले शनिबार मध्यपूर्वमा ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ ।

इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ ९विदेशमन्त्री० होसेन अमिर–अब्दुल्लाहियानले गाजापट्टीमा मानवीय सहायता पठाउन सक्षम बनाउन इजिप्टसँगको राफा सीमालाई तत्काल खोल्न अपिल गरे । इजरायली अधिकारीहरूका अनुसार इरान समर्थित इस्लामिक लडाकु समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिसको मृत्यु भएको थियो भने हमासले करिब दुई सय ४० जनालाई बन्धक बनाएको थियो । इजरायलले जवाफमा हमासलाई नष्ट गर्ने वाचा गर्दै गाजामा आक्रामक हमलालाई जारी राखेको छ ।

हमलामा प्यालेस्टाइनी क्षेत्रमा अधिकांश सर्वसाधारणसहित १७ हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायल अमेरिकाको मुख्य सहयोगी मुलुक हो । गाजामा तत्काल युद्धविरामको आह्वान गरिएको सुरक्षा परिषद्को प्रस्तालाई अमेरिकाले शुक्रबार भिटो लगाएको थियो ।

उक्त प्रस्तावले हमासलाई अक्टोबर ७ मा गरेको हमलालाई दोहोर्याउन सक्षम बनाउने भन्दै भिटो लगाउनुपरेको अमेरिकाले बताएको छ । इरानको विदेश मन्त्रालयका अनुसार टेलिफोन संवादमा अमिर–अब्दुल्लाहियानले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भने, “जबसम्म अमेरिका यहुदीवादी शासन ९इजरायल० को अपराधहरू र युद्धको निरन्तरतालाई समर्थन गर्छ तबसम्म यस क्षेत्रको स्थितिमा अनियन्त्रित विस्फोटको सम्भावना छ ।”

इरानी विदेशमन्त्रीले संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न साहसी कदम’ का रूपमा प्रयोग गर्ने राष्ट्रसङ्घीय महासचिवको प्रशंसा गरे । एक साताको युद्धविरामपछि डिसेम्बर १ देखि इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ ।

इजरायलका अनुसार हमासले युद्धविरामको उल्लङ्घन गरेको छ । विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले महासचिव गुटेरेससँग भने, “हमासले युद्धविरामको उल्लङ्घन गरेको इजरायलको दाबी सम्पूर्ण रूपमा गलत हो ।” उनले इजरायलका लागि अमेरिकी समर्थनले स्थायी युद्धविराम हासिल गर्न कठिन बनाएको बताए ।

इराकको एक भवनमा आगलागी हुँदा १४ को मृत्यु

इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान शहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, ‘सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो, ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन् । त्यसपछि आगो सम्पूर्ण पाँच तले भवनमा फैलियो ।’

प्रारम्भिक अनुसन्धानबाट विद्युतीय सर्ट हुँदा आगो लागेको अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ । सिभिल डिफेन्स टिम र दमकलहरूले आगो निभाएका छन् ।

अमेरिकी भिटोपछि गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन् ।

“अमेरिकी अडानलाई आक्रामक, अनैतिक, अन्तर्राष्ट्रिय मानवीय मूल्य र सिद्धान्तको ठाडो उल्लङ्घन भएको र अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको रक्तपातका लागि अमेरिकी सरकार जिम्मेवार रहेको छ,” अब्बासको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेको छ ।

अमेरिकी राजदूत रोबर्ट वुडले उक्त प्रस्ताव ‘वास्तविकताभन्दा टाढा रहेको’ र यसलाई अगाडि बढाउन नहुने बताएका थिए । 

इजरायलले भिटोको प्रशंसा गरेको छ, तर ‘मानवीय युद्धविराम’ को प्रस्तावक संयुक्त अरब इमिरेट्सले नतिजाले आफूलाई ‘गम्भीर रूपमा निराश’ बनाएको बताएको छ ।

अब्बासले शनिबार भने, ‘अमेरिकी नीतिले गाजा, वेस्ट बैंक र जेरुसेलममा प्यालेस्टाइनविरुद्ध इजरायली कब्जा सेनाले गरेको नरसंहार, जातीय सफाया र युद्ध अपराध हो ।’ 

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा हप्तौँदेखि चलेको द्वन्द्वमा करिब १७ हजार ५०० व्यक्तिको मृत्यु भएपछि गुटेर्रेसले आपतकालीन बैठक बोलाएका थिए ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको रक्तपातपूर्ण आक्रमणका कारण उक्त क्षेत्रमा युद्ध सुरु भएको थियो, जसमा एक हजार २०० व्यक्तिको मृत्यु भएको, मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका र अन्य २४० जनालाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : ५९ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का