आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा « Khabarhub

आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

सुर्खेत उद्योग वाणिज्य सङ्घको आज आयोजित ४०औं वार्षिक साधारणसभामा मुख्यमन्त्री शर्माले उत्पादनमा वृद्धि नभएसम्म आयात प्रतिस्थापन नहुने जनाए । उनले भने, ‘उत्पादन वृद्धिका लागि उद्योग स्थापना र त्यसमार्फत रोजगारी सृजना नै हो । वन पैदावर र कृषिमा आधारित उद्यमशीलतामार्फत उत्पादन र रोजगारी सृजना गर्न सकिन्छ । कर्णालीमा वन पैदावर र कृषि नै उपयुुक्त छ ।’

मुख्यमन्त्री शर्माले निजी क्षेत्र, सहकारी र राज्य मिलेर विकास गर्न सकिने भएकाले तीनखम्बे अर्थनीतिलाई आत्मसात् गरिएको जनाए। एकल नभई सबै मिलेर विकास, समृद्धि र रोजगारी सृजना गर्न प्रदेश सरकार साथमै रहेको जनाउँदै कर्णाली प्रदेश पछिपरेको नभई पछाडि पारिएको जिकिर गरे ।

पटकपटक क्षतिपूर्तिसहितको बजेट र कार्यक्रम माग सङ्घीय सरकासँग गरेको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले भने, ‘जनसङ्ख्याका आधारमा होइन, भूगोल, यहाँको वस्तुगत अवस्थाअनुसार नीति र बजेटसहित कर्णालीको विकास गरिनु पर्दछ । राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठ्नुपर्छ ।’ यहाँको विकासका लागि कर्णाली प्रदेशका सबै दल, नागरिक समाज र उद्योग व्यवसायीहरुको साझा बुझाइ हुनुपर्नेमा उनको जोड थियो ।

कर्णालीको विकासलाई पर्यटनसँग जोड्न कर्णाली करिडोर, भेरी र राप्ती लोकमार्गको विकासमा जोड दिनुपर्ने बताएको उनले राजधानीसँग सिधै जोड्नेगरी यहाँ रहेका दश एयरपोर्टको स्तरवृद्धि र व्यवस्थापन ध्यान दिइएको जनाए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १० : ५८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको