वार्षिक योजना तथा कार्यक्रममा गृह मन्त्रालय ‘सफल’ | Khabarhub Khabarhub

वार्षिक योजना तथा कार्यक्रममा गृह मन्त्रालय ‘सफल’


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आर्थिक वर्ष २०७५/०७६ का लागि बनाइएका कार्यक्रम तथा योजनाको कार्यान्वयनमा सफलता हासिल गरिएको दाबी गरेका छन् ।

सोमबार गृह मन्त्रालयमा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले अहिले देखिएका केही कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता हासिल गर्ने पनि बताए ।

‘गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मुलभूत रुपमा सफल भएका छौं,’ गृहमन्त्री थापाले भने, ‘अहिले देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्ने गरी योजना बनाउन आवश्यक छ ।’

सरकारले लिएको दिगो विकासको लक्ष्य, १५ औं आवधिक योजना र २५ वर्षे विकास रणनीति अनरुपका कामकारबाही र योजना बनाउन पनि मन्त्री थापाले मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिए ।

समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको उल्लेख गर्दै मन्त्री थापाले सोहीअनरुप सुरक्षामा आवश्यक बजेट विनियोजन हुनुपर्ने बताए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगतका वर्षहरुकोे तुलनमा गत आर्थिक वर्ष २०७५/०७६ मा गृह मन्त्रालयका कामकारबाही प्रभावकारी देखिए पनि धेरै काम असार मसान्तमा सक्ने परिपाटीको भने अझै पनि अन्त्य नभएको स्वीकार गरे ।

‘जेठ १५ मा बजेट आउँदा पनि असार मसान्तमा मात्रै काम सक्ने अवस्थाको निरन्तरता अझैं देखियो,’ मातहतका निकायलाई निर्देशन दिँदै गृहसचिव राईले भने, ‘अब गृह अन्तर्गतका निकायले कार्ययोजना बनाउँदा पहिलो चौमासिकभित्र बोलपत्र आह्वान र छनौट गरिसक्ने, दोस्रो चौमासिकमा काम शुरु गरीसक्ने गरी योजना बनाउनु होला ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले गत आवमा गृह मन्त्रालयले लिएको लक्ष्य, कार्यक्रममा उत्साहजन प्रगति देखिएको बताए ।

बैठकमा गृह मन्त्रालय अन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभाग लगायतका निकायहरुले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : ०१ बजे

वायुसेवा निगमका दुईवटा ट्वीनअटर सञ्चालनमा

काठमाडौं– आन्तरिक उडानतर्फ सञ्चालनमा रहेका नेपाल वायुसेवा निगमका दुईवटा ट्वीनअटर

प्रधानमन्त्री भलिबल कपमा शिवम् सिमेन्टले सहकार्य गर्ने

काठमाडौं– प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको स्ट्रेन्थ पार्टनरको रुपमा शिवम् सिमेन्टले

प्रधानमन्त्रीको दाबी- अर्थतन्त्रको गाडी लयमा ल्यायौँ, अब त्रिशूलीमा खस्दैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन

गोर्खा भर्ती : १४५ तालिम केन्द्रमा छाती नाप्दै युवा

धरान – ‘यदि मेरो सेनामा गोर्खाहरू हुन्थे भने म संसारै

पहिलो पटक ग्रीन बण्ड निष्कासन हुँदै

काठमाडौं– नेपालमा पहिलो पटक हरित जर्जा ऋणपत्र (ग्रीन बण्ड) निष्कासन हुने