नेपाल सुपर लिग : आज ललितपुर र चितवनबीच प्रतिस्पर्धा « Khabarhub

नेपाल सुपर लिग : आज ललितपुर र चितवनबीच प्रतिस्पर्धा


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । लिगमा आज दुवै टोलीले पाँचौँ खेल खेल्दैछन् ।

आजको खेलमा ललितपुर र चितवन दोस्रो जितको खोजीमा हुनेछन् । यसअघिका चार खेलमा एकमा जित र तीनमा बराबरी गरेको ललितपुर ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यस्तै, एकमा जित दुईमा बराबरी र एकमा हार बेहोरेको चितवन ५ अङ्कसहित पाँचौँ स्थानमा छ ।

पहिलो स्थानमा रहेको धनगढीको ८ अङ्क हुँदा दोस्रो स्थानको पोखराको पनि ८ अङ्क नै छ । पोखरा गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ६ : २१ बजे

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना

फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार

ताप्लेजुङ– फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची