सन्दीपविरुद्ध मुद्दाकाे पेसी न्यायाधीश पाण्डेयको इजलासमा « Khabarhub

सन्दीपविरुद्ध मुद्दाकाे पेसी न्यायाधीश पाण्डेयको इजलासमा


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । अन्तिम सुनुवाइका लागि लामिछानेविरुद्धको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो ।

जिल्ला अदालत काठमाडौँले विभिन्न बहानामा पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो । सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फैसला गर्न आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौँले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कात्तिक २३ गते अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए ।

अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइ सकेका छन् । गत कात्तिक २३ गते दुवै पक्षलाई मंसिर २२ गतेभित्र बहस नोट बुझाउन भनिएको थियो ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ११ : २८ बजे

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघले आज धर्ना दिने

काठमाडौँ – नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको

रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, १० जना बेपत्ता

रोल्पा– अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा