अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य « Khabarhub

अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा २ सय ६१ रन बनायाे । अफगानिस्तानका जम्सिद जद्रानले शतकिय पारी खेले । उनी रिटायर्ड आउट हुनुअघि १५२ बल खेल्दै ८ चौकाको मद्दतमा १ सय ६ रन बनाए ।

नेपालका हेमन्त धामी, गुलसन झा र सुवास भण्डारीले २-२ विकेट लिए । आकाश चन्द र दिपेश कँडेलले समान १ विकेट लिए ।

२ सय ६२ रनको लक्ष्य पाएको नेपाल केही समयपछि जवाफी ब्याटिङमा आउनेछ ।

यूएईमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग पराजित भएका थिए ।

८ देश सम्मिलित प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’ मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’ मा छन्।

दुई समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने टिम पुस १ गते उपाधिका लागि खेल्नेछन्।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ३ : १५ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल