अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य « Khabarhub

अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा २ सय ६१ रन बनायाे । अफगानिस्तानका जम्सिद जद्रानले शतकिय पारी खेले । उनी रिटायर्ड आउट हुनुअघि १५२ बल खेल्दै ८ चौकाको मद्दतमा १ सय ६ रन बनाए ।

नेपालका हेमन्त धामी, गुलसन झा र सुवास भण्डारीले २-२ विकेट लिए । आकाश चन्द र दिपेश कँडेलले समान १ विकेट लिए ।

२ सय ६२ रनको लक्ष्य पाएको नेपाल केही समयपछि जवाफी ब्याटिङमा आउनेछ ।

यूएईमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग पराजित भएका थिए ।

८ देश सम्मिलित प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’ मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’ मा छन्।

दुई समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने टिम पुस १ गते उपाधिका लागि खेल्नेछन्।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ३ : १५ बजे

रविले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र

ओलीले प्रधानमन्त्री बालेनलाई भने- नेपाल तपाईंको घरको सम्पत्ति होइन

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले

कुनै बेला पर्यटकको आकर्षण इरानको केशम द्वीप, जहाँ अमेरिकाले बर्साइरहेको छ बम

तेहरान- अमेरिकाले इरानको केशम द्वीपलाई निशाना बनाइरहेको छ। करिब १,४४५

म्यानमाबाट आएको ड्रोन थाइल्यान्डमा विस्फोट, तीन आप्रवासीको मृत्यु

बैंकक– म्यानमाको गृहयुद्धमा प्रयोग गरिएको एक ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा

राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको निरन्तर विरोध, बैठक २६ गतेसम्मलाई स्थगित

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै