बागमती प्रदेशका प्रदेश प्रमुख शर्मा अस्पतालमा भर्ना « Khabarhub

बागमती प्रदेशका प्रदेश प्रमुख शर्मा अस्पतालमा भर्ना


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् । उनलाई शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना भएका हुन् ।

प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयाँलका अनुसार शर्माको काठमाडौँको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको छ ।

स्वास्थ्य परीक्षणका क्रममा उनलाई निमोनिया पनि देखिएको फुयाँलले जानकारी दिए । उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ६ : ४८ बजे

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका