इटालियन सिरी ए : रोमा र फिओरेन्टिनाले खेले बराबरी « Khabarhub

इटालियन सिरी ए : रोमा र फिओरेन्टिनाले खेले बराबरी


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमा र फिओरेन्टिनाले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका छन् ।

रोमाका लागि रोमेलु लुकाकु र फिओरेन्टिनाका लागि लुकास मार्टिनेजले एक–एक गोल गरेका थिए । लुकाकुले खेल सुरु भएको पाँचौँ मिनेटमा गोल गरेका थिए भने मार्टिनेजले सातौँ मिनेटमा गोल फर्काएका थिए ।

खेलमा रोमाका दुई खेलाडी लुकाकु (८७औँ मिनेट) र निकोला जेलेस्की (६४औँ मिनेट)ले रातो कार्ड पाएपछि रोमा ९ खेलाडीमा सीमित भएको थियो ।

यो बराबरीसँगै १५ खेलबाट २५ अंक जोडेको रोमा चौथो स्थानमा छ भने फिओरेन्टिना २४ अंकसहित सातौँ स्थानमा छ । ३८ अंक जोडेको इन्टर मिलान तालिकाको शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १० : ०९ बजे

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय