सुरक्षाको ‘घर’ चल्यो कि चलेन? यस्तो छ वास्तविकता | Khabarhub Khabarhub

सुरक्षाको ‘घर’ चल्यो कि चलेन? यस्तो छ वास्तविकता


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा हरर जानराका फिल्म नेपाली मात्र होइन, विदेशी पनि खासै चल्दैनन् । दर्शकको मनोविज्ञान बुझ्ने हो भने नेपाली दर्शकका लागि हरर फिल्म खासै रुचिका फिल्म होइनन् ।

यसअघि रिलिज भएको ऋचा शर्मा अभिनित फिल्म ‘सुनकेसरी’ पनि चलेन । पहिलो फिल्म सफल भयो भने यसको दोस्रो भाग बन्ने चर्चा थियो । तर रिलिजको लामो समयसम्म पनि फिल्मको सिक्वेल बन्ने चर्चा छैन । नायिका ऋचा शर्माले नै यसको दोस्रो सिक्वेल बन्ने घोषणा गरेकी थिइन् ।

यतिबेला रिलिज भएको हरर जानराको फिल्म ‘घर’ ले पनि हलमा खासै दर्शक तान्न सकेको छैन । यो फिल्मको रिलिजअघि राम्रै हाइप भए पनि आक्रामक रुपमा दर्शक तान्न सकेन । भलै फिल्म हेर्न केही दर्शक भने हलसम्म पुगे । केही मल्टिप्लेक्स हलमा यो फिल्म अझै पनि प्रदर्शन भइरहेको छ ।

सुरक्षा पन्त, वेनिषा हमाल र अर्पण थापाको शीर्ष भूमिका रहेको यो फिल्म बक्स अफिसमा फ्लप भइसकेको छ । तर निर्माण टिमले भने करोडको व्यापार गरेको दाबी गर्दै आएको छ ।

सामान्य कथामा निर्माण भएको यो फिल्मले दर्शक तर्साउन पनि सकेन लोभ्याउन पनि सकेन । फिल्म हेरेका दर्शकले यो फिल्मको खुलेर तारिफ गर्न सकेनन् । बरु कलाकारलाई निर्देशकले उल्टो टर्चर दिने गरी फिल्म बनाएको, भूतका रुपमा देखाइएका कति कलाकारले विश्वसनीय अभिनय गर्न नसकेको लगायतका आरोप लाग्यो ।

फिल्मको पार्श्वध्वनि संयोजन पनि दर्शकलाई मन परेन । अर्कातिर फिल्मको स्किृप्ट पनि खासै दमदार बन्न सकेन । जसकारण फिल्मको खासै चर्चा भएन ।

यो फिल्ममा शर्मिला पाण्डेको निर्माण छ भने अर्पण थापाको लेखन तथा निर्देशन रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : ५५ बजे

बागमतीमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा

काठमाडौं– बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ

चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गर्ने

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भन्दै कुवेत पुर्‍याई मानवबेचबिखन

अफगानिस्तानमा बाढीका कारण १४ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि