सुरक्षाको ‘घर’ चल्यो कि चलेन? यस्तो छ वास्तविकता « Khabarhub

सुरक्षाको ‘घर’ चल्यो कि चलेन? यस्तो छ वास्तविकता


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा हरर जानराका फिल्म नेपाली मात्र होइन, विदेशी पनि खासै चल्दैनन् । दर्शकको मनोविज्ञान बुझ्ने हो भने नेपाली दर्शकका लागि हरर फिल्म खासै रुचिका फिल्म होइनन् ।

यसअघि रिलिज भएको ऋचा शर्मा अभिनित फिल्म ‘सुनकेसरी’ पनि चलेन । पहिलो फिल्म सफल भयो भने यसको दोस्रो भाग बन्ने चर्चा थियो । तर रिलिजको लामो समयसम्म पनि फिल्मको सिक्वेल बन्ने चर्चा छैन । नायिका ऋचा शर्माले नै यसको दोस्रो सिक्वेल बन्ने घोषणा गरेकी थिइन् ।

यतिबेला रिलिज भएको हरर जानराको फिल्म ‘घर’ ले पनि हलमा खासै दर्शक तान्न सकेको छैन । यो फिल्मको रिलिजअघि राम्रै हाइप भए पनि आक्रामक रुपमा दर्शक तान्न सकेन । भलै फिल्म हेर्न केही दर्शक भने हलसम्म पुगे । केही मल्टिप्लेक्स हलमा यो फिल्म अझै पनि प्रदर्शन भइरहेको छ ।

सुरक्षा पन्त, वेनिषा हमाल र अर्पण थापाको शीर्ष भूमिका रहेको यो फिल्म बक्स अफिसमा फ्लप भइसकेको छ । तर निर्माण टिमले भने करोडको व्यापार गरेको दाबी गर्दै आएको छ ।

सामान्य कथामा निर्माण भएको यो फिल्मले दर्शक तर्साउन पनि सकेन लोभ्याउन पनि सकेन । फिल्म हेरेका दर्शकले यो फिल्मको खुलेर तारिफ गर्न सकेनन् । बरु कलाकारलाई निर्देशकले उल्टो टर्चर दिने गरी फिल्म बनाएको, भूतका रुपमा देखाइएका कति कलाकारले विश्वसनीय अभिनय गर्न नसकेको लगायतका आरोप लाग्यो ।

फिल्मको पार्श्वध्वनि संयोजन पनि दर्शकलाई मन परेन । अर्कातिर फिल्मको स्किृप्ट पनि खासै दमदार बन्न सकेन । जसकारण फिल्मको खासै चर्चा भएन ।

यो फिल्ममा शर्मिला पाण्डेको निर्माण छ भने अर्पण थापाको लेखन तथा निर्देशन रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : ५५ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको