संघीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ : देउवा « Khabarhub

संघीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ : देउवा


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा संघीयताका बाँकी काम टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

धनुषाको औरही गाउँपालिका-४ मा आज नेपाली कांग्रेसका पुराना नेता एवं धनुषा निर्वाचन क्षेत्र नं २ का पूर्वसभापति राजकिशोर सिंह राजपुतको सालिक अनावरण गर्दै सभापति देउवाले संघीयतालाई बलियो बनाउन प्रदेशलगायत निकायले उठाइरहेका सवाल सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता औँल्याए।

सभापति देउवाले प्रजातन्त्रका लागि पञ्चायतकालदेखि नै सक्रिय नेपाली कांग्रेसका प्रतिबद्ध नेता सिंहले पार्टी संगठन र परिवर्तनका लागि भएका आन्दोलनमा पुर्‍याएको योगदानको सम्मानका लागि पनि पार्टी नेता कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरेका छन्। 

‘स्वर्गीय सिंह पार्टीको सम्पत्ति हुनुहुन्छ, उनको अनुपस्थितिले हाम्रो पार्टी र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको छ । त्यो क्षतिपूर्तिका लागि हामी सबैले उनको सपना सकार गर्न लाग्नुपर्ने पर्छ । त्यसका लागि क्रियाशील हुन म अनुरोध गर्दछु’, सभापति देउवाले भने  । 

कार्यक्रममा पार्टीका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सांसद विमलेन्द्र निधिले संविधानअनुसार दुई-दुईपटक निर्वाचन भइसक्दा पनि संघीयता कार्यान्वयनको महत्वपूर्ण काम बाँकी रहेको भन्दै दलहरूले गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । 

उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेस र कांग्रेसले गरेका भन्दै सङ्घीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए। आगामी महासमिति बैठकमा संघीयतासँग जोडिएका बाँकी काम, प्रदेशलाई बलियो बनाउन प्रहरी प्रशासन, निजामती कर्मचारी, स्थानीय तहले काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य गर्ने विषय मुख्य एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 

त्यसैगरी पार्टी सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस बलियो भएमा मात्रै संघीयता, मधेस र देश बलियो हुने भन्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाउन सबै एकढिक्का हुनुपर्ने धारणा राखे। 

कार्यक्रममा पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगाना, केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद रामकृष्ण यादव, पार्टीका प्रदेश सभापति एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, धनुषा सभापति योगेन्द्र पजियार, स्व सिंहका छोरा डा कुनाल सिंहलगायतले संघीयता कार्यान्वयन, बेरोजगारी समस्या समाधान र विकासको गति बढाउन ठूलो पार्टीका हैसियतले कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिएका छन् । 

विसं २०१३ वैशाख २ गते जन्मिएर गत वर्ष मङ्सिर १ गते दिवङ्गत भएका सिंह लगातार चार कार्यकाल क्षेत्र नं २ को सर्वसम्मत सभापति भएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ६ : ११ बजे

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख