चीनमा सञ्चालित होण्डाको कारखानाबाट ९ सय कामदार बर्खास्त « Khabarhub

चीनमा सञ्चालित होण्डाको कारखानाबाट ९ सय कामदार बर्खास्त


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा सञ्चालित जापानी कम्पनी होण्डाको कारखानाले ९ सय कामदारलाई बर्खास्त गरिदिएको छ । पछिल्लो समय विद्युतीय सवारीको उत्पादन बढिरहेको अवस्थामा होण्डाले चिनियाँ कारखानाका ९ सय कामदारलाई बर्खास्त गरेको हो ।

चिनियाँ कम्पनी गुवाङ्झोउ अटोमोबाइल ग्रुपसँग मिलेर होण्डाले चीनमा खोलेको कारखानाबाट ती कामदारलाई बर्खास्त गरिएको हो ।

पछिल्लो समय आफ्नो कारखानाबाट उत्पादन पनि घट्दै गएकाले सोहीअनुसार कामदार पनि कटौती गरिएको होण्डालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उक्त कारखानामा १३ हजार कामदार कार्यरत रहेको रोयटर्सले जनाएको छ । यद्यपि कुन विभागका कामदार कटौती गरिएको हो भन्नेबारे कम्पनीले केही जानकारी दिएको छैन । टोयोटापछि जापानको सबैभन्दा ठूलो कार निर्माता होण्डाले चिनियाँ बजारमा अपेक्षाअनुसार कमाइ गर्न सकेको छैन ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : ०९ बजे

विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६