राप्रपा केन्द्रीय समिति  बैठक पुस १ देखि काठमाडौँमा « Khabarhub

राप्रपा केन्द्रीय समिति  बैठक पुस १ देखि काठमाडौँमा


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

पार्टीको संरचनामा स्थानीय, प्रदेश, केन्द्र तथा क्षेत्रीय अधिकार तथा विभिन्न पद र जिम्मेवारीअनुसार नेताहरूको काम, अधिकार र कर्तव्य तोकिएको नियमावली अनुमोदन भएपछि केही नेताहरूको जिम्मेवारीसमेत हेरफेर हुने जनाइएको छ ।

पार्टीको एकता महाधिवेशनका क्रममा नयाँ नियमावली निर्माण गर्ने समझदारी भएको थियो ।

राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिन अन्य दलसँग समन्वय गर्ने विषयमा बैठकमा छलफल हुने जनाएको छ ।

बैठकमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी गर्न सुझाव सङ्कलनका विषयमा पनि छलफल हुनेछ ।

पार्टीले उठाउँदै आएको  समान विचार राख्ने राजनीतिक दलहरू, सङ्घसंस्थासँग समन्वयका लागि भएका कार्ययोजना तथा प्रगति विवरणका बारेमा जानकारी गराइने छ ।

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन तथा महामन्त्री धवलशम्शेर राणाले देशभरको साङ्गठनिक योजनासहितको प्रतिवेदन प्रस्तुत गर्ने नेता श्रेष्ठले बताए ।

उहाँले बैठकमा मुलुकको पछिल्लो राजनीतिक, सामाजिक, आर्थिक अवस्थामा समीक्षा गरिने र संसद्मा पार्टीले निर्वाह गरेको भूमिकाबारे केन्द्रीय नेतालाई जानकारी गराएर सङ्गठन सुदृढीकरणका लागि रणनीति तय गरिने जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ११ : ३० बजे

बाबुरामले भने- ७२ वर्षको भए सधैँ २७ वर्षको जस्तो अनुभूति भयो 

चितवन– पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सम्बोधन

रास्वपा महाधिवेशन प्रतिनिधिले प्रदीप ज्ञवालीलाई किन भने ‘नो’ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनमा नेकपा एमालेका नेता

बाबुराम भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा बोल्न दिइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बाबुराम भट्टराईको विशेष प्रशंसा

रास्वपालाई वर्षमानको सुझाव : जनमत सधैँ अस्थायी हुन्छ, बहुमतको बलमा अहंकार नगर्नू

चितवन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

रास्वपालाई प्रदीप ज्ञवालीले भने : जनादेश पाउनु ठूलो कुरा होइन, त्यसको संरक्षण मुख्य हो

चितवन- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको भूमिका, विचारधारा