पहिचानवादी नेतालाई तत्काल रिहा गर्न सङ्घर्ष समितिको माग « Khabarhub

पहिचानवादी नेतालाई तत्काल रिहा गर्न सङ्घर्ष समितिको माग


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मोरङ – आन्दोलनका क्रममा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीलगायतका पहिचानवादी नेतालाई तत्काल रिहा गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले माग गरेको छ ।

बन्दका क्रममा पक्राउ परेका नेताहरूलाई रिहा नगरे समितिले अनिश्चितकालका लागि प्रदेश बन्द गर्ने चेतावनी दिएको छ ।

समितिले आन्दोलनका क्रममा पक्राउ गरिएका पूर्वमन्त्री किराँती, जसपा नेता राजेश राई, हलेसी तुवाचुङ युवा सहसंयोजक गन्धमान राई, विजय राई, उदिम राई, विदुर राई, मीना राई, जसपा प्रदेश सदस्य दिनेश राईलगायतलाई तत्काल रिहा माग गरेको छ ।

आज विज्ञप्ति निकाल्दै समितिले पहिचानको खिल्ली उडाउन केही अवाञ्छित तत्वहरूको यस क्षेत्रमा गतिविधि बढेपछि पहिचान रक्षाको लागि यस संयुक्त सङ्घर्ष समितिले यही मंसिर २६ र २७ गते घुर्मीदेखि लेगुवा घाटसम्मको मध्यपहाडी लोकमार्ग शान्तिपूर्ण बन्द आह्वान गरिएकोे जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : ५६ बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १