म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो « Khabarhub

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको हो ।

समुह ‘ए’ अन्तर्गतको यस खेलमा बायर्नले १–० गोल अन्तरले म्यानचेस्टरलाई पराजित गरेको थियो ।

बायर्नको जितमा किंग्स्ली कोम्यानले खेलको ७०औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बायर्न म्युनिख समुह ‘ए’ मा ६ खेलमा १६ अंकसहित शीर्ष स्थानमा रहेर राउण्ड अफ १६ मा पुगेको छ । साथै समुह ‘ए’ बाट कोपनहेगन ६ खेलमा ८ अंकसहित दोस्रो हुँदै राउण्ड अफ १६ मा पुगेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको ६ खेलबाट ४ अंक रहेको छ र समुह ‘ए’ को पुछारमा रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : २३ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा