आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द « Khabarhub

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९-८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९-८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८-७९ मा पर्सामा १५२  उद्योगले  लगत कट्टा गरिएका थिए ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा  आर्थिक वर्ष २०७९-८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए भने आव २०७८-८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।

आव २०७९-८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पूँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । 

आर्थिक वर्ष २०७९-८० मा एक करोड ६ लाख ३९ हजार २५० राजस्व संकलन भएको थियो । उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १२ : २७ बजे

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी