सालझण्डी-ढोरपाटन सडक निर्माण द्रुत गतिमा « Khabarhub

सालझण्डी-ढोरपाटन सडक निर्माण द्रुत गतिमा


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– लामो समयदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा अघि बढेको छ । तराई पहाड जोड्ने गरी निर्माण थालिएको यो सडकको बागलुङ खण्डको काम मङ्सिर लागेयता द्रुत गतिमा अघि बढेको हो । 

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्डमा ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसकेको थियो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको थिएन । सरकारले सडक स्तरोन्नतिका लागि गत वर्ष रु ६० करोड विनियोजन गरेको थियो । 

गत वर्ष बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–९ फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत वर्ष कात्तिकमा स्वच्छन्द-ओमबुद्ध जेवी काठमाडौँले रु २३ करोडमा ३० महिनामा सक्ने गरी कामको जिम्मा लिएको सालझण्डी-ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ । 

लामो समयदेखि काममा नलागेको निर्माण कम्पनी स्थानीयस्तरबाटै दबाब बढेपछि अहिले कामले गति लिएको हो । उक्त सडक खण्डअन्तर्गत पर्ने बुर्तिबाङ-ढोरपाटन खण्डमा निर्माण कम्पनीले तीन स्थानमा पहरा काट्ने, नाली निर्माण र सडक फराकिलो बनाउन थालेको छ ।

बुर्तिबाङ लक्ष्मीकुण्ड मोटरबल पुलदेखि ढोरपाटन क्षेत्रतर्फ २२ किलोमिटर सडक स्ट्यान्डर्ड ग्राभेलिङको जिम्मा पाएको स्वच्छन्द ओम बुद्ध जेभीले ढोरपाटन जान वैकल्पिक सडक निर्माण गरी कामलाई तीव्रता दिएको स्थानीय खिमबहादुर बिकले बताएका छन् । निर्माण कम्पनीले धमाधम काम सुरु गरेपछि अब सडक बन्ने आशा पलाएको उनको भनाइ छ । 

बाह्रै महिना ढोरपाटन घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भन्दै बाटोका कारण सास्ती भोगेको बताएका हुन् । बाटो राम्रो बनेपछि स्थानीय र पर्यटकलाई सहज हुने उनले बताएका छन् ।

निर्माण कम्पनीले बुर्तिबाङ बजार नजिक, ढोरपाटन नगरपालिका-५ अधिकारीचौरको बतासेडाँडा–९ को सुप्राङ क्षेत्रमा ठूला–ठूला पहरा फोड्ने र सडक फराकिलो बनाउने काम गरिरहेको निर्माण कम्पनी स्वच्छन्द÷ओमबुद्ध जेवीका प्रतिनिधि दीपेश लामाले बताएका छन् । 

कूल एक सय ९१ किलोमिटर मध्य बागलुङ खण्डमा मात्रै ६१ किलोमिटर सडक पर्छ । त्यसमध्ये चार किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पर्ने हुँदा कालोपत्र भइसकेको छ । त्यसबाहेक ५७ किलोमिटर सडक निकै साँघुरो र जोखिमपूर्ण छ । 

गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तु खण्डमा कामले गति लिए पनि बागलुङ खण्डमा खासै काम हुन सकेको छैन । सडकको ट्रयाक आर्थिक वर्ष २०७२-०७३ मा खुलेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १२ : ३४ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि