सुर्तिजन्य प्रतिबन्ध गर्न महानगरले ५० जना नगर प्रहरी खटाउने « Khabarhub

सुर्तिजन्य प्रतिबन्ध गर्न महानगरले ५० जना नगर प्रहरी खटाउने


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध कार्यान्वयन गर्न पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरका विभिन्न ४ क्षेत्रमा १० जनाको दरले प्रहरी परिचालन गर्ने र सादा पोसाकका प्रहरीले समेत अनुगमन गर्ने जानकारी दिएको छ । पछि आवश्यकता अनुसार थप नगर प्रहरी परिचालन गर्ने महानगरले जनाएको छ ।

कसैले यसविरुद्ध गइ सुर्ति बेचबिखन गरे नगर प्रहरीलाई यसबारे सूचना दिनसमेत आग्रह गरेको छ । महानगरको जनस्वास्थ्य ऐन २०८० को दफा ४२, सुर्तिजन्य पदार्थ (निरुपण तथा नियमन) ऐन २०६८ को दफा बमोजिम यस्तो प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।

महानगरले जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्नका लागि सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ ।

महानगरले मंसिर २८ गतेदेखि सुर्ति सेवनका निम्ति उत्पादित कच्चा सुर्ति, खैनी, गुट्खा, सुर्तिमाथि प्रतिबन्ध लगाउने जनाएको छ । साथै सोही दिनबाट सार्वजनिक स्थलको एक सय मिटर वरीपरी धुम्रपान गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।

महानगरले यस निर्णय कार्यान्वयनका लागि हरेक पसलमा अनुगमन गर्ने र सुर्तिजन्य पदार्थ बेचेको पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटक पसल नै बन्द गर्ने महानगरले जनाएको छ । सार्वजनिक स्थलमा धुम्रपान गरेमा त्यहाँबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना तिराइने पनि महानगरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ३ : ४१ बजे

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली,

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा