शेखर–गगन समूहको बैठकमा महासमिति बैठक सार्न नहुने अडान « Khabarhub

शेखर–गगन समूहको बैठकमा महासमिति बैठक सार्न नहुने अडान


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली कांग्रेसको संस्थापनइतर शेखर–गगन समूहको जारी बैठकमा नेताहरुले महासमिति बैठक सार्न नहुने बताएका छन् ।

बुधबार काठमाडौंको बत्तिसपुतलीमा बसिरहेको बैठकले महासमिति बैठक सार्न नहुने अडान लिएको हो । बैठकमा उपस्थित एक नेताका अनुसार अधिकांश सदस्यले महासमिति बैठक नसार्नका लागि सभापति शेरबहादुर देउवालाई भन्नका लागि आग्रह गरेका छन् ।

ती नेताले खबरहबलाई भने, ‘गगनजी र शेखरजी पनि बैठक सार्न नहुने पक्षमा हुनुहुन्छ ।’ महासमिति बैठक पुस १६ देखि १९ सम्म ललितपुरको गोदावरी हलमा हुने तय भएको छ ।

तर, जाडो बढेको भन्दै सभापति शेरबहादुर देउवाले बैठक सार्न दबाब दिएको बुझिएको छ । यही विषयको छिनोफानो गर्न कांग्रेसले आगामी शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसका एक नेताका अनुसार संस्थापन पक्षका केही नेताहरू बाहेक अन्य नेताहरूले यो पटक बैठक नसार्न अडान लिइरहेका छन् । देउवाले आफू मातहतमा रहेका नेताहरूलाई बैठक सार्नका लागि दबाब दिन सर्कुलर जारी गरेको नेताहरूको भनाइ छ ।

हुन त यसअघि मंसिर २३ देखि २५ सम्म बैठक बस्ने समय निर्धारण भएको थियो । तर, विभिन्न कारण देखाएर कांग्रेसले महासमिति बैठक सारेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ४ : ३७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको