शेखरले भने- ‘गगन र मबीच मतान्तर छैन, जथाभावी नबोल्नू’ « Khabarhub

शेखरले भने- ‘गगन र मबीच मतान्तर छैन, जथाभावी नबोल्नू’


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा शेखर कोइरालाले महामन्त्री गगन थापासँगको सम्बन्धबारे जथाभावी नबोल्न निर्देशन दिएका छन् ।

बत्तिसपुतलीमा जारी इतर समूहको भेलामा उनले महामन्त्री थापा र आफूबीच कुनै मतान्तर नरहेको दाबी गर्दै सम्बन्धबारे जथाभावी नबोल्न आफूनिकट नेताहरूलाई निर्देशन दिएका हुन् ।

भेलामा सहभागी एक नेताले भने, ‘शेखर दाइले महामन्त्री र आफूबीच कुनै मतान्तर नरहेको भन्नुभयो । दुवै जनाबीचको कुरालाई लिएर बाहिर जथाभावी नबोल्न पनि भन्नुभयो ।’

ती नेताका अनुसार भेलाको सुरुतिर आफू र महामन्त्री थापाको सम्बन्धबारे जथाभाबी नबोल्नु भनेका कोइरालाले अन्य नेताहरूको धारणा सुनिसकेपछि थप विषयमा बोल्ने छन् ।

कोसी प्रदेशमा नेकपा एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेपछि नेता कोइराला र र महामन्त्री थापाबीच भेटवार्ता र छलफल भएको थिएन ।

कोइरालाले मंगलबारका लागि बोलाएको भेलामा लागि खबर नगरिएको भन्दै महामन्त्री थापा उपस्थित नहुने उनीनिकट नेताहरूले बताएका थिए । महामन्त्री थापा उपस्थित नहुने खबर पाएपछि नेता कोइरालाले मंगलबारको भेला बुधबारका लागि सारेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ४ : ४१ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली