दिनरात खटिरहेको छु : प्रधानमन्त्री « Khabarhub

दिनरात खटिरहेको छु : प्रधानमन्त्री


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काभ्रे- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफू दिनरात खटिरहेको बताएका छन् ।

बुधबार काभ्रेपलाञ्चाकको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि हुने भन्दै त्यही सङ्कल्पका साथ अहिले पनि दिनरात खटिरहेको बताएका हुन् । उनले अघिल्लो वर्ष सरकारले समयमै अनुदानको मल उपलब्ध गराएको र आगामी वर्षका लागि पनि अहिलेदेखि नै लाग्न निर्देशन दिएको बताए ।

आउँदो वर्षको नीति र कार्यक्रमबारे संसदमा र जनस्तरसम्मै र्वहत रूपमा छलफल गरेर केही नयाँ कार्यक्रम ल्याउने सरकारको तयारी रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले पाँचखालमा स्थापना गरिएको महिला उद्यमी हरित पार्कले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने योजना अघि सारेको बताए ।

यस परियोजनाले हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने, व्यावसायिक उत्पादनहरूमा नवीन विचार, प्रविधि र सीपको विकास गर्न मद्दत गर्ने उनको विश्वास छ । उनले प्रधानमन्त्रीको हैसियतले पहिलो पटक हाइड्रोजन गाडी चढ्ने र यसले हरित क्रान्तिका लागि सन्देश दिने बताए ।

उनले काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन गाडीको प्रयोगमा बारेमा जानकारी लिएको जिकिर गरे । उनले नेपालमा हरिक क्रान्तिको युग शुभारम्भ गर्ने क्रममा औद्योगिक ग्राम स्थापना निकै सकारात्मक भएको बताए । इको टुरिजममा केन्द्रित सेवा क्षेत्रसहित कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगसमेत स्थापना गरिने परियोजनाको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् ।

पार्कलाई पर्यटन, उत्पादन र सूचना तथा प्रविधि गरी मुख्यतः तीनवटा क्षेत्रमा विस्तार गरिएको छ । जसमा पहिलो पर्यटन अन्तर्गत सेवा क्षेत्र र पर्यावरणीय पर्यटन क्षेत्र रहेको छ । नेपालमा यस किसिमको पहिलो नमूना पार्कको निर्माणपश्चात यसलाई सबैभन्दा सुन्दर र सफा औधोगिक ग्राम बनाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्रीले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ४० बजे

पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

पोखरा– नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा–ढोरपाटन

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको