संघले कानुन नबनाउने, प्रदेशले गाली खानुपर्ने ? : मुख्यमन्त्री पाण्डे « Khabarhub

संघले कानुन नबनाउने, प्रदेशले गाली खानुपर्ने ? : मुख्यमन्त्री पाण्डे


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् । ​ संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारले बनाएका कानुन कार्यान्वयनमा पनि समस्या भएको उनले बताए ।

‘कानुन निर्माणमा माथिबाट सहजीकरण गरिदिनुपर्ने आवश्यकता छ । संघीय सरकारले कानुन नबनाउँदा प्रदेश र स्थानीय सरकारलाई काम गर्न अप्ठेरो परेको छ’‚ प्रदेश विकास समस्या समाधान समितिको बुधबारको बैठकमा मुख्यमन्त्री पाण्डेले भने ।

निजामती सेवा ऐन, प्रहरी समायोजना ऐन, जग्गा प्राप्ति ऐन, शिक्षा ऐन आउला भन्ने आशा लागे पनि संघबाट यी विषय कार्यान्वयन नभएको गुनासो मुख्यमन्त्री पाण्डेको छ । ‘संघीयताको नाममा प्रदेशले योभन्दा बढी गाली खाने अवस्था अब रहन्न, चाहँदाचाहँदै अधिकार र कानुन नहुँदा काम गर्न सकिएको छैन’‚ उनले भने ।

यसअघि पोखरामा भएको राष्ट्रिय समस्या समाधान समितिको बैठकमा उठेका विषय केही समाधान भएको र धेरै बाँकी रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले ६ महिनाभित्र कार्यान्वयन हुनुपर्ने विषय हुन्छ कि भन्ने आशंका अझै रहेको बताए ।

संघीय सरकारले कानुन निर्माण गरिदिनुपर्ने या संघीयताबारेमा पुनर्विचार गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । संविधानअनुसार एकल र साझा अधिकारको सूचीमा लेखिएको कुरा कानुन बनाएर लिपिबद्ध गरी अधिकार बाँडफाँड गर्दा संघीयता ‘सिस्टम’ मा जाने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

प्रदेशलाई बनाइदिनुपर्ने कानुन निर्माणमा संघीय सांसदहरूले पनि सहजीकरण नगरेको उनको गुनासो छ ।

प्रदेश विकास समस्या समाधान समितिको बैठकमा गण्डकी प्रदेशभित्रका विषयगत मन्त्रालयहरूले भोग्नुपरेको समस्या, स्थानीय तहका गुनासो, समाधानका उपायका बारेमा छलफल भएको थियो । नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाले यसअघिको बैठकका निर्णय कार्यान्वयनको अवस्था र मन्त्रालयगत समस्याका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : २९ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव