आज राति आकाशमा रङ्गिन उल्का वर्षा देखिने | Khabarhub Khabarhub

आज राति आकाशमा रङ्गिन उल्का वर्षा देखिने


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । आकाश खुला रहेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट मिथुन उल्का वर्षा देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ ।

संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले यो जुनसुकै ठाउँबाट पनि खुला आँखाले हेर्न सकिनेछ ।

खगोलविदद्वारा ‘जेमिनिड्स’ नाम दिइएको यस उल्का वर्षालाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । विभिन्न रङ्गमा देखिने यो उल्का वर्षा राति १२ बजेपछि पूर्वतर्फ फर्किएर हेर्दा देख्न सकिने छ । यो बिहान उज्यालो हुनुभन्दा अघिसम्म देख्न सकिनेछ ।

वैज्ञानिकहरूका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ । तर उत्कर्षमा पुग्ने आज राति र भोलि हो । त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन आजलाई मानिएको छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्दा ती धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई बोलिचालीको भाषमा ‘तारा खसेको’ भनेर बुझिन्छ ।

यो उल्का वर्षा पृथ्वीसम्म नआइपुग्ने हुनाले कुनै क्षति नहुने डा. शर्माको भनाइ छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १ : २७ बजे

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु ।

संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बिहीबार) बस्दैछ ।