चौध किलो सुन प्रकरणमा पाँच जना पक्राउ « Khabarhub

चौध किलो सुन प्रकरणमा पाँच जना पक्राउ


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो । 

अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिएका छन् । उनले भने , ‘फोहोरको भाँडोमा सुन लुकाएर बाहिर ल्याउन संलग्न भएको देखिएपछि सरसफाइ सुपरभाइजर पाण्डेलाई नियन्त्रणमा लिइएको हो, छानबिन पूरा गरेर सबै सार्वजनिक गर्छौँ ।’ 

सो प्रकरणमा विमानस्थल भन्सार कार्यालयका उप-सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । सुनसहित पक्राउ परेका घलेको बयानका आधारमा गोरखाका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । सोही प्रकरणमा विमानस्थलका सरसफाइ सहयोगी दुई जना गरी हालसम्म पाँच जना पक्राउ परेको प्रमुख भन्सार प्रशासक डा. पाण्डेले बताएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ५ : ३९ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच

१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे

काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा