३२ लाखको अवैध सामान बरामद, दुईजना पक्राउ « Khabarhub

३२ लाखको अवैध सामान बरामद, दुईजना पक्राउ


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

जानकी– बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।  

सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नंको ट्रकमा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो । 

बरामद गरिएका सामानमा रु १४ लाख ७० हजार बराबरको लत्ताकपडा, एक लाख ४० हजारको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री र सामान बोक्न प्रयोग गरिएको  ट्रक रहेका छन् ।   

ट्रक चालकसहित दुईजनालाई पक्राउ गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् ।

 दुवैजनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ । 

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : ०९ बजे

प्रतिनिधिसभाबाट चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने

गाउँभर जमिनमा धाँजा फाट्यो, जोखिममा बस्ती (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन

४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेश

अझै निकाल्न नसकिएको राइनो क्रुज

चितवन– नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र