तत्काल १० कित्ते नीतिमा परिवर्तन नहुने « Khabarhub

तत्काल १० कित्ते नीतिमा परिवर्तन नहुने


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्डले तत्काल १० कित्ते नीतिमा परिवर्तन नगर्ने भएको छ ।

आज नबिल स्टक डिलर लिमिटेडको उद्घाटनमा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले १० कित्ते नीतिमा परिवर्तन नहुने बताएका हुन् ।

अहिले अध्ययनको लागि समिति बनेको र उक्त समितिले दिएको प्रतिवेदनअनुसार हुने उनको भनाई छ ।

धितोपत्र बोर्डले सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा समिति बनाएको थियो । समितिमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरी सदस्य छन् ।

समितिले आईपीओमा न्यूनतम १० कित्ते नीतिसम्बन्धी व्यवस्था पुनरवलोकनका लागि अध्ययन गर्नेछ । अध्ययनबाट यथावत राख्ने कि हटाउने भन्ने सुझाव पेश हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : ३५ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम