असाधारण विकास गर्न खोजेका थियौँ, षड्यन्त्र गरेर सत्ताबाट हटाए : अध्यक्ष ओली « Khabarhub

असाधारण विकास गर्न खोजेका थियौँ, षड्यन्त्र गरेर सत्ताबाट हटाए : अध्यक्ष ओली


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षड्यन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत शुक्रबार तेह्रथुमको आठराई गाँउपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सरकारले मुलुकमा असाधारण विकासको काम गर्न खोजेकाले षड्यन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको बताएका हुन् ।

सरकारबाट हटेपनि एमाले लोकप्रिय पार्टी हुन सफल भएको उनले बताए । ओलीले मिसन २०८४ का लागि झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा आयोजना गरेको र लाखौँ जनता सहभागी भएको दाबी गरे ।

ओलीले मुलुकलाई अप्ठेरोबाट अघि बढाउनका लागि सहित नीतिको आवश्यकता रहेको र त्यो एमालेमा मात्रै भएको जिकिर गरे । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : ३९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने