विदेशी लगानी आकर्षण गर्न संविधान संशोधन आवश्यक : फिलिपिनी राष्ट्रपति मार्कोस « Khabarhub

विदेशी लगानी आकर्षण गर्न संविधान संशोधन आवश्यक : फिलिपिनी राष्ट्रपति मार्कोस


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले विदेशी लगानी आकर्षण गर्नका लागि आफ्नो देशको संविधान संशोधन गर्ने आवश्यकता अध्ययन गर्न शुक्रबार निर्देशन दिएका छन् ।

राष्ट्रपति मार्कोसले गत वर्ष राष्ट्रपति बनेलगत्तै संविधानमा रहेका केही भागले विदेशी लगानीकर्तालाई निरुत्साहित तथा प्रतिबन्धित गरेको टिप्पणी गरेका थिए ।

फिलिपिन्सले सन् १९८७ मा नयाँ संविधान प्राप्त गरेको थियो । जसमा राष्ट्रपतिको अवधिलाई छ वर्ष बनाइएको थियो ।

राष्ट्रपति मार्कोसले पत्रकारसँगको भेटमा कानुनका कुनै न कुनै प्रावधानहरूले लगानीकर्तालाई असहजता पैदा गरिरहेको उल्लेख गरे ।

उनका अनुसार संविधानमा उल्लेखित आर्थिक प्रावधानले स्वेदेशी तथा विदेशी लगानीकर्ताबीचको समानतालाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

व्यावसायिक विज्ञापन, सार्वजनिक उपयोगिता निजी तथा आवासीय भवनको स्वामित्वदेखि समुद्रमा माछा मार्नेलगायतका विषयमा कायम गरिएको सीमितताबारे पनि राष्ट्रपति मार्कोसले चर्चा गरे ।

उनले आफ्नो प्राथमिक चासो देशलाई लगानीमैत्री राष्ट्र निर्माण गर्नु रहेको बताए । मार्कोसको कार्यकाल सन् २०२८ को मध्यमा सकिँदैछ ।

यसैबीच, फिलिपिन्सको प्रतिनिधिसभाका अध्यक्ष मार्टिन रोमुआल्डेजले पनि आगामी वर्ष संविधानका आर्थिक प्रावधानहरु परिवर्तन गर्न दबाब दिने बताएका छन् ।

चालु वर्षको सुरुमा फिलिपिनी सदनले सन् १९८७ को संविधान संशोधन गर्न अधिवेशन बोलाउने प्रस्ताव पारित गरेको थियो ।

राजनितिज्ञहरूले संविधान संशोधन गर्न चार्टर अभ्यास प्रयोग गर्ने र मार्कोसलाई संविधानको मर्म विपरित उनका बुवाजस्तै लामो समय सत्तामा रहने आकाङ्क्षा भन्दै अलोचना समेत सुरु भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ६ : ५० बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा