जनताप्रति जिम्मेवार बन्न कार्यकर्तालाई खड्काको निर्देशन « Khabarhub

जनताप्रति जिम्मेवार बन्न कार्यकर्तालाई खड्काको निर्देशन


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्च्याउन सदैव तत्पर रहनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले स्थापित गरेका कतिपय मूल्यमान्यता भत्कँदै गएको स्वीकार गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहेका उपसभापति खड्काले प्रशिक्षणले ती कमीकमजोरी सच्च्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री खड्काले कार्यकर्तालाई आम नागरिकमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार र सुधार्नुपर्ने कमीकमजोरीप्रति सजग गराउने दायित्व पूरा गर्न निर्देशन दिए ।

बागमती प्रदेश प्रशिक्षण विभागको संयोजनमा आयोजित प्रशिक्षणमा कार्यकर्तालाई बागमती प्रदेशको तल्लो तहसम्म पुगेर कांग्रेसलाई जनजनमा पु-याउन, समयसापेक्ष परिवर्तन हुन र जनताप्रति जिम्मेवार र उत्तरदायी भएर काम गर्न पनि उपसभापति खड्काले निर्देशन दिए ।

प्रतिष्ठानले आयोजना गरेको तीनदिने प्रशिक्षणमा बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रबाट एक–एकजनाले भाग लिएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : २२ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि