चाँडै मिसन ८० सार्वजनिक गर्छौँ : रवि लामिछाने « Khabarhub

चाँडै मिसन ८० सार्वजनिक गर्छौँ : रवि लामिछाने


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका छन् ।

शनिबार रास्वपा काठमाडौं क्षेत्र नम्बर ९ ले नैकापमा आयोजना गरेको खुलासभामा लामिछानेले रास्वपाको मिसन ८४ मा दलहरूको आँखा लागेकाले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका हुन् ।

उनले मिशन २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथीलाई अन्त्य गर्न सक्ने दावी गरे । उनले मिशन २०८४ मा अन्य दलको दावा हो भने ८४ सम्म रास्वपालाई सरकार चलाउन दिए ८४ मा प्रचार नगरी निर्वाचन लड्ने जिकिर गरे । उनले हरेक दिन एउटा एउटा काण्ड आउने गरेकोले विरोध र आन्दोलन गरेर साध्य नहुने बताएका छन् ।

त्यस्तै उनले रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अन्य दलहरूले आगामी राष्ट्रियसभा निर्वाचनमा एक्लै चुनाव लड्ने आट गर्न नसकेको जिकिर गरे । ठूला भनिएका दलहरूले मदन–वीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरूसँग सुशासनको एजेण्डा मात्र भएको बताएका छन् ।

सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप लगाउदै अव ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने धारणा राखे । उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।

त्यस्तै रास्वपा कोषध्यक्ष लिमा अधिकारीले गरिबी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आँउदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताए । उनले विगत ६ महिनामा भ्रष्टाचारका धेरै काण्ड आएपछि निष्पक्ष छानविन हुन नसकेको जिकिर गरे । 

अधिकारीले विभिन्न काण्ड मचाउनेहरुले राज्यमा बसेकाहरूलाई अनुचित लाभको प्रलोभन देखाएर लोकतन्त्रको खिल्ली उडाएको धारणा राखे । 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ५ : ४७ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा