चाँडै मिसन ८० सार्वजनिक गर्छौँ : रवि लामिछाने « Khabarhub

चाँडै मिसन ८० सार्वजनिक गर्छौँ : रवि लामिछाने


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका छन् ।

शनिबार रास्वपा काठमाडौं क्षेत्र नम्बर ९ ले नैकापमा आयोजना गरेको खुलासभामा लामिछानेले रास्वपाको मिसन ८४ मा दलहरूको आँखा लागेकाले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका हुन् ।

उनले मिशन २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथीलाई अन्त्य गर्न सक्ने दावी गरे । उनले मिशन २०८४ मा अन्य दलको दावा हो भने ८४ सम्म रास्वपालाई सरकार चलाउन दिए ८४ मा प्रचार नगरी निर्वाचन लड्ने जिकिर गरे । उनले हरेक दिन एउटा एउटा काण्ड आउने गरेकोले विरोध र आन्दोलन गरेर साध्य नहुने बताएका छन् ।

त्यस्तै उनले रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अन्य दलहरूले आगामी राष्ट्रियसभा निर्वाचनमा एक्लै चुनाव लड्ने आट गर्न नसकेको जिकिर गरे । ठूला भनिएका दलहरूले मदन–वीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरूसँग सुशासनको एजेण्डा मात्र भएको बताएका छन् ।

सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप लगाउदै अव ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने धारणा राखे । उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।

त्यस्तै रास्वपा कोषध्यक्ष लिमा अधिकारीले गरिबी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आँउदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताए । उनले विगत ६ महिनामा भ्रष्टाचारका धेरै काण्ड आएपछि निष्पक्ष छानविन हुन नसकेको जिकिर गरे । 

अधिकारीले विभिन्न काण्ड मचाउनेहरुले राज्यमा बसेकाहरूलाई अनुचित लाभको प्रलोभन देखाएर लोकतन्त्रको खिल्ली उडाएको धारणा राखे । 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ५ : ४७ बजे

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक