मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु भएको छ ।

माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडा सदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए ।

बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

केही दिनअघि मात्रै माडीमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : ३६ बजे

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी

फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ

रास्वपाकै मञ्चबाट रवि बालेनमाथि प्रतिपक्षीको प्रश्नैप्रश्न

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा स्थापनाको

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३