सरकारी निकायमा दोभाषे राख्छौँ : मुख्यमन्त्री कार्की « Khabarhub

सरकारी निकायमा दोभाषे राख्छौँ : मुख्यमन्त्री कार्की


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् ।

राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकार मातहतका अस्पतालमा राखेका दोभाषेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकमार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेर अभिभावकको भूमिका निर्वाह गरेको पनि सो अवसरमा बताएका थिए । 

उनले दोभाषेको पेसागत सीप विकासका लागि सरकारले काम गर्ने उल्लेख गर्दै आवश्यक नीति नियम बनाउँदा महासङ्घलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेकामा जोड दिएका छन् । 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १ : ३० बजे

साउने झरीले थपिदियो आन्दोलनकारी लघुवित्त पीडितको पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले