शुक्लाफाँटामा बाघ गणना गर्न क्यामेरा जडान « Khabarhub

शुक्लाफाँटामा बाघ गणना गर्न क्यामेरा जडान


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट बाघको गणना गर्ने काम जारी छ। नेपालमा हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना गरिँदै आएको छ।

 तीन सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जलाई २-२ वर्गकिलोमिटरका ९२ ग्रिडमा विभाजन गरिएको छ। हरेक ग्रिडमा बाघ हिँडने बाटो पहिचान गरी एक-एक जोडी स्वचालित क्यामेरा जडान गरिएको छ। १५ दिनसम्म जडान गरिएको क्यामेराका नियमित अनुगमन तथा रेखदेख गर्ने काम भइरहेको छ।

बाघको अनुगमनका लागि जडान गरिएको क्यामेराको स्विच अन गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर सिन्धुप्रसाद ढुंगानाले औपचारिक रुपमा अनुगमन गरेका हुन्। 

हरेक ग्रिडमा बाघ हिँडने क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीका अनुसार पाइला, दिशा र अन्य संकेतबाट विचरण हुने क्षेत्र पहिचान गर्न सकिने छ। २०२२ मा गरिएको राष्ट्रिय गणनामा शुक्लाफाँटामा बयस्क बाघको संख्या ३६ पुगेको छ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १ : ३५ बजे

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा