शुक्लाफाँटामा बाघ गणना गर्न क्यामेरा जडान « Khabarhub

शुक्लाफाँटामा बाघ गणना गर्न क्यामेरा जडान


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट बाघको गणना गर्ने काम जारी छ। नेपालमा हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना गरिँदै आएको छ।

 तीन सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जलाई २-२ वर्गकिलोमिटरका ९२ ग्रिडमा विभाजन गरिएको छ। हरेक ग्रिडमा बाघ हिँडने बाटो पहिचान गरी एक-एक जोडी स्वचालित क्यामेरा जडान गरिएको छ। १५ दिनसम्म जडान गरिएको क्यामेराका नियमित अनुगमन तथा रेखदेख गर्ने काम भइरहेको छ।

बाघको अनुगमनका लागि जडान गरिएको क्यामेराको स्विच अन गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर सिन्धुप्रसाद ढुंगानाले औपचारिक रुपमा अनुगमन गरेका हुन्। 

हरेक ग्रिडमा बाघ हिँडने क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीका अनुसार पाइला, दिशा र अन्य संकेतबाट विचरण हुने क्षेत्र पहिचान गर्न सकिने छ। २०२२ मा गरिएको राष्ट्रिय गणनामा शुक्लाफाँटामा बयस्क बाघको संख्या ३६ पुगेको छ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १ : ३५ बजे

पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

काठमाडौं– सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन

‘हिमालयन गोल्ड’को टिजर : कर्माको रहस्यमयी लुक्स र सुनीलको डाइलग मुख्य आकर्षण

काठमाडौं – देशको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सका हलहरूमा हिमालमा

उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौं– नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई