पार्टीभित्र खुट्टा तानातान छ, कारबाही गरौं भन्दा विरोध हुन्छ : सभापति देउवा | Khabarhub Khabarhub

पार्टीभित्र खुट्टा तानातान छ, कारबाही गरौं भन्दा विरोध हुन्छ : सभापति देउवा


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा पार्टीबाटै विरोध हुने बताएका छन् ।

कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र खुट्टा तानातान हुने गरेको बताए ।

पार्टीमा पहिलेदेखि यस्ता गतिविधि हुने गरेको भन्दै उनले पार्टीलाई सुधार गरेर लैजानुपर्ने बताए । संविधानअनुसार अहिलेको निर्वाचन प्रणालीबाट कुनै पार्टीको पनि बहुमत नआउने भन्दै उनले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता भएको बताए ।

सभापति देउवाले भने, ‘हाम्रो पार्टी गएको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको थियो । तर, हामीले बहुमत पुर्‍याउन सकेनौं । त्यसैले हामीले कसै न कसैसँग मिल्नुपर्छ ।’

देउवाले आगामी निर्वाचनमा एकल बहुमत नभए फेरि ठूलो पार्टी बनाउने प्रयासका साथ अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ४३ बजे

उपत्यकासहितका देशभर तापक्रम बढ्यो

काठमाडौं – उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल माघ १० गते बिहीबार माघ

इंग्ल्याण्डविरुद्धको पहिलो टी-२०मा भारतको सहज जित : अभिषेकले बनाए ७९ रन

इडेन गार्डेन – भारतले इंग्ल्याण्डसँगको पहिलो टी-२० खेलमा तीन विकेटको

आज २०८१ साल माघ १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ १० गते बिहीबार माघ

कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हाने, अवस्था गम्भीर

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कायरत