‘कबड्डी ३’ भदौ १३ मा नआउने | Khabarhub Khabarhub

‘कबड्डी ३’ भदौ १३ मा नआउने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ३’ भदौ १३ मा रिलिज नहुने भएको छ । पहिले यो फिल्म ‘मारुनी’ सँगै रिलिज हुने भनिएको थियो । अब भने यो फिल्म असोज १३ मा रिलिज हुने भएको  छ ।

यो मितिमा बाहुबली स्टार प्रभासको फिल्म ‘साहो’ पनि रिलिज हुँदैछ । ‘साहो’ रिलिज हुने भएपछि ‘कबड्डी कबड्डी कबड्डी’ को रिलिज मिति पछाडि सरेको हो ।

स्वजातीय विवाह र अन्तर्जातीय प्रेमसम्बन्धको द्वन्द्वात्मक कथामा आधारित यो फिल्ममा दयाहाङ राई र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको छ । हालै फिल्मको ‘दूबो फुल्यो’ बोलको गति सार्वजनिक गरिएको थियो ।

बाँसुरी फिल्मसको लगानी र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, बुद्धि तामाङ, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा रहेको छ । लभस्टोरी र कमेडी जानरामा निर्माण भएको यो फिल्म यस वर्षको प्रतीक्षित फिल्म हो ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ११ : ०५ बजे

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने