राम्रो संविधान बनाउँदा बहुमत ल्याउन सक्ने अवस्था भएन : देउवा « Khabarhub

राम्रो संविधान बनाउँदा बहुमत ल्याउन सक्ने अवस्था भएन : देउवा


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन् ।

नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई आज विदुरमा सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संविधान’ बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताए ।

‘अहिलेको संविधानमा आदिवासी जनजाति, महिला तथा दलितलगायत पछिपरेका समुदायको प्रतिनिधित्व अनिवार्य गराई संविधान राम्रो बनायौँ । तर, कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था यो निर्वाचन प्रणालीबाट सकिन्न,’ उनले भने, ‘निर्वाचनमा ठूलो दल भए पनि बहुमत नभएको कारण एक अर्को दलसँग मिलेर सरकार सञ्चालनमा सहभागी भएका छौँ ।’

कांग्रेस सभापति देउवाले आफ्नो पाटीभित्र घात अन्तरघात कायम रहेको भन्दै असन्तुष्टि जनाए । ‘कांग्रेसभित्र खुट्टा तानातानको प्रवृत्ति विगतदेखि अहिलेसम्म छ । घात गर्नेलाई कारबाही गरौँभन्दा दिँदैनन्,’ उनले भने, ‘पार्टीलाई हराभर बनाएर ठूलोमात्र होइन, बहुमत प्राप्त दल बनाउन सबैको साथ हुनुपर्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले कांग्रेस भित्रको गुटउपगुट हटाई पार्टी एकढिक्का भए अर्को चुनावमा बहुमत ल्याउन सक्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ०० बजे

ताइवानलाई हतियार बेच्ने २० अमेरिकी कम्पनीमाथि चीनले लगायो प्रतिबन्ध

काठमाडौं- चीनले ताइवानलाई हतियार बेच्दै आएका केही चर्चित अमेरिकी कम्पनीको

खेलकुद क्षेत्रमा राजनीति हावी भयो : अध्यक्ष श्रेष्ठ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद

एकै सिरियलका दुई कलाकारको डेब्यू निर्देशन : दीपकको ‘परान’ सुपरहिट, अर्जुनको ‘झरीपछिको इन्द्रेणी’ फ्लप

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’बाट चर्चामा आएका दुई कलाकार दीपक आचार्य

सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई मधेसका सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउन

रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण

एजेन्सी– रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२