राप्रपा केन्द्रीय समिति बैठक आज सकिँदै « Khabarhub

राप्रपा केन्द्रीय समिति बैठक आज सकिँदै


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहनेछ । आइतबारदेखि जारी बैठकमा विभिन्न प्रतिवेदन माथिको छलफल सकिएको छ ।

आजको बैठक बिहान साढे १० बजे सुरु हुने र विभिन्न निर्णय गर्दै बैठक समापन हुने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

हिजोको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले बृहद आन्दोलन सम्बन्धी कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले पेश गरेको सचिवालय सम्बन्धी प्रतिवेदन माथि सामूहिक छलफल भएको थियो ।

बैठकमा  प्रस्तुत समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति, आन्दोलन सम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदनमाथि सातवटै प्रदेशको छुट्टाछुट्टै समूह विभाजन गरी समूहगत छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सो समूहगत छलफलको प्रतिवेदन पूर्ण बैठकमा पेश भएको जनाउँदै प्रचार विभाग प्रमुख श्रेष्ठले समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्यक्ष रोशन कार्की, मधेशमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बाग्मतीमा वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे, गण्डकीमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनीमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णालीमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धव पौडेलले संयोजन गरेका थिए ।

 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ६ : ५५ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ