रेलको डिब्बामा आगलागी हुँदा बङ्लादेशमा ४ जनाको मृत्यु | Khabarhub Khabarhub

रेलको डिब्बामा आगलागी हुँदा बङ्लादेशमा ४ जनाको मृत्यु


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । सो घटना बिहान ५ बजेतिर भएको हो । प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनुपर्ने माग गर्दै आह्वान गरेको देशव्यापी बन्दका क्रममा सो आगजनी भएको बताइएको छ ।

तीन वटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका छन् । रेलबाट बाहिर निस्कने क्रममा थुप्रै मानिसहरू घाइते भएको रेलमन्त्री नुरुल इस्लाम सुजनले पत्रकारलाई जानकारी दिनुभएको छ ।

बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसका सहयोगीहरूले जनवरी ७ को आम निर्वाचन नजिकिएसँगै मङ्गलबार बिहानदेखि साँझसम्म हडतालको आह्वान गरेका छन् ।

आन्दोलनले ढाका र अन्य ठाउँमा अक्टोबरको अन्त्यदेखि लगातार प्रहरी तथा मजदुर बीचको घातक झडप बढाउदै लगेको छ । साथै सवारीसाधनको तोडफोड र आगजनीका यस्ता थुप्रै घटना निम्त्याएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ५६ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले