लोकतन्त्रको विकल्प छैन : राजमो अध्यक्ष केसी | Khabarhub Khabarhub

लोकतन्त्रको विकल्प छैन : राजमो अध्यक्ष केसी


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । उनले देशमा लोकतन्त्रको विकल्प खोज्ने र अनेक प्रकारका प्रचारबाजी गर्ने गरिएको भए पनि देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्थाको कुनै विकल्प हुन नसक्ने स्पष्ट पारे ।

अध्यक्ष केसीले धर्मका नाममा अराजकता मच्चाउने काम भएको भन्दै यसका विपक्षमा र लोकतान्त्रिक व्यवस्था जोगाउने काममा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

बुटवलमा आज आयोजित एक कार्यक्रममा नेता केसीले नेपालमा सङ्घीयताविरुद्ध देशभरबाट यसको आवाज उठ्नु स्वाभाविक भएको दाबीसमेत गरे । प्रदेशलाई खारेज गरी स्थानीय तहलाई आवश्यक अधिकार दिएर बलियो बनाउन सके विकास गर्न सकिने उनको भनाइ थियो ।

उनले लोकतान्त्रिक पद्धतिमा सुशासनभन्दा कुशासन बढेकाले जनतामा वितृष्णा छाएको बताए । नेता केसीले गठबन्धन सत्तामा जानका लागिमात्र गर्न नहुने बताउँदै गठबन्धनमा भएको सम्झौतालाई अक्षरसः पालना गरेर अगाडि बढ्नसमेत दलहरुलाई सुझाव दिए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : ४५ बजे

मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै