भारतको लोकसभामा ४९ विपक्षी सांसद निलम्बित « Khabarhub

भारतको लोकसभामा ४९ विपक्षी सांसद निलम्बित


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको लोकसभाबाट थप ४९ सांसद निलम्बनमा परेका छन् । डिसेम्बर १३ तारिखमा संसदमा चार जना युवा प्रवेश गरेर धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।

आज निलम्बनमा पर्ने सांसदहरुमा फारुक अब्दुल्लाह, शशि थरुर, मनिष तिवारीसमेत रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन ।

संसद्को सुरक्षालाई लिएर भारतीय संसदमा विवाद भइरहेको छ । संसद सुरक्षाको जिम्मा लोकसभा अध्यक्षको भएको सत्तापक्षको भनाई छ भने विपक्षीहरु सुरक्षाको विषयमा गृहमन्त्रीको जवाफ मागिरहेका छन् ।

विपक्षीहरुले नरेन्द्र मोदी नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै संसदमा एक जना पनि विपक्षी सांसद रहेसम्म गृहमन्त्रीको जवाफ मागिरहने चेतावनी दिएका छन् ।

पछिल्लो एक हप्तामा भारतको लोकसभा र राज्यसभाका गरेर एक सय ४१ जना सांसद निलम्बनमा परेका छन् ।

सरकारले संसदमा केही विधेयक पेस गर्ने तयारी गरेको र ती विधेयकमा विपक्षीले असहमति जनाउने देखेर धमाधम विपक्षी सांसद निलम्बनमा परेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : २९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका